Connect with us
Kapilvast Forest

बैंक लुटपाटमा संलग्‍नहरुलाई पक्राउ गरेकै स्थानबाट पेस्तोल बरामद

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

 

काठमाडौँ — मोरङमा बैंक लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको स्थानबाट प्रहरीले सोमबार पेस्तोल बरामद गरेको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसीले धनपालथान गाउँपालिकाको अमाही बरियातीबाट पेस्तोल पनि बरामद गरेको बताएका छन् ।

ुलुटपाटमा संलग्न रहेकाहरुलाई पक्राउ गरिएको स्थानबाट पेस्तोल पनि बरामद भएको छु बिसीले भन्नु भयो त्यो पेस्तोल घटनामा प्रयोग भएको हो कि होइन अनुसन्धान भइरहेको छ ।

 

यसअघि सोमबार दिउँसो कर्सिया बजारस्थित सिटिजन बैंकका गार्डमाथि गोली प्रहार गर्दै लुटपाटको प्रयास भएको थियो । कर्सिया बजार बिराटनगरबाट २० किलोमिटर पूर्वमा पर्छ । जबर्जस्ती बैंक प्रवेश गर्ने खोज्ने समूहलाई रोक्न खोज्ने सुरक्षामार्डमाथि गोली प्रहार भएको थियो ।

घाँटीको पछिल्लो भागमा गोली लागेका सुरक्षा गार्डको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उक्त घटना भएको एक घण्टाभित्र सीमाक्षेत्रमा पर्ने धनपालथानको अमाही बरियातीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

ुदसैं लक्षित विशेष सूरक्षा योजनाअनुसार परिचालन गरिएको प्रहरीको कारण लुटपाटको घटनामा संलग्नहरुलाई चाँडै पक्राउ गर्न सकिएको हो,ु बिसीले भने । पक्राउ पर्नेहरुमा दुई जना भारतीय नागरिक र एक नेपाली भएको सुरक्षा स्रोतले जनाएको छ । उक्त घटनाबारे मंगलबार पत्रकार सम्मेलन गर्ने प्रहरीको तयारी छ । यसअघि गत शुक्रबार मात्रै विराटनगरको मुख्य बजारमा रहेको एउटा गार्मेन्ट पसलमासमेत लुटापाट भएको थियो । तीन जनाको समूहले गर्मेन्ट पसलबाट पेस्तोल देखाएर ११ हजार रुपैयाँ र चार वटा मोबाइल लुटेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu