Connect with us
Kapilvast Forest

मोतिपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक एकलाख रुपियाँ राहत दिने

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

 

बुटवल- लुम्बिनी प्रदेश सरकारले आईतवार बुटवलको मोतिपुरमा भएको घटनामा परी मृत्यु भएका परिवारलाई एक एक लाख रुपियाँ राहत प्रदान गर्ने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको मोतिपुरका वास्तविक सुकम्बासीको समस्या समाधान गर्न सुझाव कार्यदल गठन गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिनुभएको छ ।

सोमबार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले घटनाका मृतकका परिवारलाई प्रति व्यक्ति एक एक लाख राहत प्रदान गर्न आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गर्नुभएको छ ।

लगायतको टोलीले सम्मेलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीका प्रतिनिधि, नापी कार्यालय रुपेन्देही प्रतिनिधि, औद्योगिक ग्राम रुपेन्देहीका प्रतिनिधि र भूमिहिन तर्फबाट एकजना प्रतिनिधि रहने गरी कार्यदल बनाउने सहमति समेत भएको छ ।

यसैगरी प्रदेश सरकारबाट मोतिपुर घटनाका मृतकहरुमा समवेदना व्यक्त गर्ने, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय समेत भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनमा थप सतर्क हुन र सबैलाई सम्वेदनशील बन्न लागि अनुरोध गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिन सचेत बन्नुपर्ने बताउनु भयो ।

आईतवार बुटवलको मोतिपुर क्षेत्रमा भएको घटनामा चारजनाको मृत्यु भएको छ । बुटवलको मोतीपुरमा झडपमा परी मृत्यु भएका चारमध्ये तीन जनाको पहिचान खुलेको छ ।

सोमबार सनाखत भएकामध्ये रुपन्देहीको शुद्धोधन ५ का विरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाटका युजन कुमाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये एकजनाको भने अझै परिचय खुल्न सकेको छैन् । आइतबार मृत्यु भएका चार जनामध्ये कपिलवस्तु बाणगंगा १० का ४८ वर्षिय रमेश परियारको पहिचान आइतबार नै भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu