Connect with us
Kapilvast Forest

कर्णालीकाे सतह ५० प्रतिशत घट्यो, पहिराेले थुनिएकाे आशंका

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

कालीकोट-कर्णाली नदी सुकेको छ । आज बिहान एक्कासि कर्णाली नदी साविकको सतह भन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले वताएका छन । पलाँताका शिक्षक लंकवहादुर बमले कर्णाली नदीको १५ मिटर सतह कम भएको र खोलाको रुपमा परिणत भएको वताउनुभयो । उहाँले नदी एक्कासि सुकेपछि स्थानीय त्रसित भएका छन केही भने नदी किनारमा माछा छोप्न भीड लागेको वताउनुभयो ।

पलाँताका सव इन्जीनियर सुरेन्द्र खाँण ठकुरीले पनि नदी सुकेको र स्थानीय नदि किनारमा गएर माछा छोप्न थालेकाले जुनसुक्कै वेला अप्रिय घटना हुन सक्ने वताउनुभयो । उहाँले सुरक्षा निकाय सबैलाई खवर गरिदिन अनुरोध समेत गर्नुभएको छ । फोन राम्रो नचल्ने पलाँतामा नागरिक एका तर त्रसित छन भने अर्को तिर माछा मार्नमा ब्यस्त पनि छन । कर्णाली नदी कतै पहिरो आएर थुनिएको हो भने आफै पहिरो छिचलेर वगेमा धेरै मानवीय क्षति हुने छ ।

हुम्लाको हिल्सावाट वग्ने कर्णाली नदी नेपालको सबै भन्दा लामो नदी पनि हो । कर्णाली नदी एक्कासि कसरी सुक्यो नागरिकमा त्रास फैलिएको छ । यस बिषयमा सुरक्षा निकाय पनि वेखवर छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक महेश शाहीले कर्णाली नदी ५० प्रतिसत सुकेको वताउनुभयो । वाजुराको जुड्डीको भिर फुटेका कारण कर्णाली नदी रोकिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu