Connect with us
Kapilvast Forest

जनगणना दोस्रो चरणमा

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

 

काठमाडौँ- राष्ट्रिय जनगणना २०७८ को काम दोस्रो चरणमा प्रवेश गरेको छ । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले घर तथा घरपरिवारको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी कात्तिक ४ र ५ गते नयाँ जिल्ला जनगणना अधिकारी र सहायक जनगणना अधिकारीको अनलाइन तालिम सञ्चालन हुने, कात्तिक ६ देखि ९ सम्म नयाँ स्थानीय जनगणना अधिकारीलाई मुख्य प्रश्नावलीको जानकारी दिने, कात्तिक १० गते गणक तालिममा प्रशिक्षण गर्ने मुख्य प्रशिक्षक र छानिएका सुपरिवेक्षकबीच छलफल गर्ने कार्यतालिका निर्माण गरिएको छ ।

त्यस्तै, कात्तिक ९ देखि ११ गते गणकको नियुक्ति गर्ने, कात्तिक १३ देखि १६ गतेसम्म गणकलाई तालिम प्रदान गर्ने र आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य गणना कार्य गर्ने कार्यतालिका निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “पहिलो चरणको घर तथा घरपरिवार कार्य सम्पन्न भएसँगै सो घर तथा घरपरिवारका आधारमा अब जनगणनाको मुख्य गणना कार्य हुन्छ, यससँगै जनगणना कार्य दोस्रो चरणमा प्रवेश गरेको छ ।”

पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको र जिल्लाबाट तथ्याङ्क सङ्कलनका क्रममा रहेको विभागले जनाएको छ ।
अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने मुख्य गणनामा भने एक जना व्यक्तिले कतिवटा बैङ्कमा खाता खोलिएका छन् ? खाता नखोलिएका व्यक्तिको सङ्ख्या कति छ ? बैङ्कबाट ऋण लिएका र व्यवसायका लागि तालिम लिएका व्यक्ति कति जना छन् ? भन्ने यस वर्षको जनगणनामा नयाँ प्रश्नावली थप गरिएको छ । राष्ट्रिय जनगणना २०७८ का लागि देशभर ८७ वटा प्रदेश तथा जिल्ला जनगणना र ३४९ वटा स्थानीय कार्यालय सञ्चालन आएका छन् । यस पटकको जनगणनाको नारा ‘मेरो गणाना मेरो सहभागिता भन्ने तय’ गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu