Connect with us
Kapilvast Forest

दशैंको बेला धनगढीमा नगद र गहना चोरी

२०७८, १ कार्तिक सोमबारमा प्रकाशित

धनगढी – दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ ।धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो ।

 

सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनु भयो ।

‘घटनाका सम्बन्धमा अनुसन्धान गर्दै चोरी भएको भनिएको नगद र गरगहनाको खोजी कार्यमा प्रहरी टोली खटाएका छौं,’ एसपी अधिकारीले भन्नु भयो ।तेक्वान्दो संघ कैलालीका सचिव रहेका सिंहले आफूहरु दशैं मनाउन पुर्ख्यौली घर डोटी गएका बेला चोरी भएको बताएका छन् ।

छिमेकीलाई घरको रेखदेख गरिदिन आग्रह गर्दै दशैं मनाउन गएको बेला मूल ढोकामा लगाएको ताला फुटाउँदै गरगहना र नगद चोरी भएको भन्दै प्रहरीमा निवेदन दिइएको उहाँले जनाउनु भयो ।

सिंहकाअनुसार तीन तोला बराबरका छड्के तिलहरी दुई वटा, तीन तोला बराबरकै दुई वटा मंगलसुत्र, तीन तोला बराबरकै दुई वटा हार, दुई तोला बराबरको दुई वटा सिक्री, दुई तोला बराबरका दुई वटा मंगलसुत्र, तीन तोला बराबरका ६ वटा औंठी, ५० ग्राम बराबरको औंठी लगायतका गरगहना चोरी भएको सिंहले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu