Connect with us
Kapilvast Forest

मोहन वैद्यलाई भेट्न नर्भिक अस्पतालमा प्रचण्ड

२०७८, १ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुग्नु भएको छ । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुग्नु भएको हो ।

उहाँले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनु भएको छ । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराउनु भएको थियो ।

 

वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुग्नु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu