Connect with us
Kapilvast Forest

गुल्मीमा खोलाले जिप बगायो, चालक सुरक्षित

२०७८, १ कार्तिक सोमबारमा प्रकाशित

 

तम्घास-गुल्मीमा डहरे खोला तर्नेक्रममा खोलाले जिप बगाएको छ । सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्वरको बोलेरो जिप सत्यवती गाउँपालिका ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिप खोलाले बगाएको र फेला नपरेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराइले जानकारी दिनुभयो । जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

जिप खोजी गर्न इलाका प्रहरी कार्यालय जोहाङको ५ जना प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu