Connect with us
Kapilvast Forest

टी-२० विश्वकप : श्रीलंका सुपर १२ मा प्रवेश

२०७८, ४ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं -आइसिसी टी-२० विश्वकपअन्तर्गत पहिलो चरणमा लगातार दोस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ।श्रीलंकाले बुधबार राति सकिएको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ७ विकेटको क्षतिमा १७१ रन जोड्यो।श्रीलंकाका लागि ओपनर पथुम निसंकाले ६१ रन र विनन्दु हर्षरंगा डि सिल्भाले ७१ रनको योगदान गरे।बलिङमा आयरल्यान्डका जोश लिटिलले ४ विकेट लिए।

१७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १०१ रनमै अलआउट भयो।आयरल्यान्डका लागि कप्तान एन्डी बालबिर्नीले सर्वाधिक ४१ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा श्रीलंकाका महीस तीक्षणाले ३ विकेट लिए।जितसँगै श्रीलंकाले समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको छ।यता समूह ‘बी’ को खेलमा नामिबियाले पहिलो जित निकाल्ने क्रममा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu