Connect with us
Kapilvast Forest

टी२० विश्वकप : बंगलादेश सुपर १२ मा

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

मस्कट — साकिब अल हसनले ४६ रन बनाउँदै ९ रनमा चार विकेट पनि लिएपछि बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै बिहीबार टी२० विश्वकपको सुपर १२ चरणम प्रवेश गरेको छ ।

जितका लागि पपुवा न्युगिनीले १ सय ८२ रनको लक्ष्य पाएकोमा पूरा टिम १९.३ ओभर मात्र टिकेर ९७ रनमा अलआउट भएको थियो । लगातार तीन खेल गुमाएर पपुवा न्युगिनी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

 

आफ्नो पहिलो खेल गुमाएको बंगलादेशले भने त्यसपछि उत्कृष्ट पुर्नआगमन रच्दै लगातार दुई खेलमा सजिलो जित निकालेको हो । पपुवा न्युगिनीका लागि किपलिन डोरिगाले नटआउट ४६ रन बनाएको भए बंगलादेशको जितको अन्तर अझ ठूलो हुने थियो ।

पपुवा न्युगिनीले आफ्नो प्रारम्भिक ब्याट्सम्यान असद भालालाई ६ रनमा गुमाएपछि टिम कहिले पनि लक्ष्य पछ्याउने बाटोमा रहेन । साकिब बलिङमा आक्रमक रूपमा उत्रेपछि विश्वकपमा डेब्यु गरिरहेको टिम अझ दयनीय स्थितिमा पुगेको थियो ।

बायाँ हाते स्पिनर साकिबले आफ्नो पहिलो ओभरमै दुई विकेट लिए । लगतै फेरि उनले दुई विकेट लिए र ट्वान्टी ट्वान्टी विश्वकपमा सर्वाधिक ३९ विकेट लिएका साहिद अफ्रिदीको नाममा रहेको कीर्तिमान पनि बराबरी गरेका छन् ।

 

यसअघि कप्तान महमुदुल्लह रियादले पनि ५० रनको गतिलो योगदान दिए र बंगलादेशले सात विकेट गुमाएर पहिले ब्याटिङको निर्णय गर्दै १ सय ८१ रन बनाएको थियो । बंगलादेशका लागि आसिफ हुसेनले पनि १९ बलमा आक्रामक २१ रन बनाए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu