Connect with us
Kapilvast Forest

दुई महिनामै अभूतपूर्व उत्साह देखियो : प्रवक्ता खतिवडा

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं – नेकपा (एकीकृत समाजावादी)ले पार्टी गठनको दुई महिना अवधिको प्रगति विवरण सार्वजनिक गरेको छ ।प्रवक्ता जगनाथ खतिवडाले वक्तव्य जारी गरी पार्टी गठनको दुई महिनामै अभूतपूर्व उत्साह देखिएको उल्लेख गर्नु भएको हो । ‘पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताहरुको स्वतःस्फुर्त सहभागिताले यो स्थिति सम्भव भएको हो’, वक्तव्यमा भनिएको छ ।

८ भदौमा दल दर्ताको मान्यता पाएको एकीकृत समाजवादीले ७३ भौगोलिक जिल्ला र चार गैरभौगोलिक जिल्ला कमिटी बन्नुलाई उपलब्धी मानेको छ । बाढी, पहिरो र डुवानका कारण केही समस्या आएपनि पार्टी संगठन निर्माण कार्य तीव्र रहेको पनि वक्तव्यमा उल्लेख छ ।

यो अवधिमा केन्द्रीय कमिटीले पूर्णता पाएको र नेताहरुको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जनाएको छ । पार्टीको मुखपत्रका रुपमा ‘समाजवाद’ र गतिविधि प्रकाशन गर्न ‘कलम’ बुलेटिन प्रकाशनको तयारीमा रहेको पनि जानकारी दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu