Connect with us
Kapilvast Forest

टी-२० : श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

डडेल्धुरा- इंग्ल्यान्ड युएईमा जारी आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।सोमबार राति सुपर–१२ अन्तर्गत शारजाहमा भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो।

इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।उसका लागि वानिन्दु हसरंगाले ३४, भानुका राजपाक्षे र कप्तान दासुन शनाकाले २६/२६, चरित असलान्काले २१, अविष्का फर्नान्डोले १३ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा मोइन अली, आदिल राशिद र क्रिस जोर्डनले २/२ तथा टिमल मिल्स र लियाम लिभिङ्स्टोनले १/१ विकेट हात पारे।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।

उसका लागि जोस बटलरले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले ६७ बलमा ६ चौका र ६ छक्कासहित अविजित १०१ रनको योगदान दिए।यो उनको टी–२० मा पहिलो शतक हो। यसका साथै जारी विश्वकपको पनि पहिलो शतक हो।

यस्तै, इयान मोर्गानले ४०, जेसन रोयले ९ र डेविड मलानले ६ रन बनाए।यस्तै, वानिन्दु हसरंगाले ३ र दुष्मन्थ चमिराले १ विकेट लिए। चार खेलमा अपराजित रहेको इंग्ल्यान्ड ग्रुप–१ को समूह विजेता बन्दै जारी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ।

यसअघि इंग्ल्यान्डले पहिलो खेलमा साविक विजेता वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको थियो।दोस्रो खेलमा बंगलादेशविरुद्ध ८ विकेटको जित निकाल्दा तेस्रो खेलमा अष्ट्रेलियामाथि पनि ८ विकेटको प्रभावशाली जित हात पारेको थियो।

हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको श्रीलंका दोस्रो खेलमा अष्ट्रेलियासँग ७ तथा तेस्रो खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको थियो।समूह–१ को दोस्रो स्थानमा दक्षिण अफ्रिका र तेस्रो स्थानमा अष्ट्रेलिया छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu