Connect with us
Kapilvast Forest

टी–ट्वान्टी विश्वकप : श्रीलंकाद्वारा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिज पराजित

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

 

काठमाडौं- टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेन्डिङ च्याम्पियन (साविक विजेता) वेस्ट इन्डिजलाई २० रनले पराजित गरेको छ ।सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकाले २० रनको जित दर्ता गरेको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १ सय ६९ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन जोडे । निकोलास पुरन ४६ रनमा आउट भए । श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २–२ विकेट हात पारे । दुसमन्था चमिरा र दासुन सनकाले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनायो । उसका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रनको योगदान गरे । पाथुम निसांकाले ५१ रन जोड्दा कुशल पेरेरा २९ रनमा आउट भए ।

वेस्ट इन्डिजका आन्द्र रस्सलले सर्वाधिक २ विकेट हात पार्दा ड्वायन ब्राभोले एक विकेट लिए ।

पराजयसँगै वेस्ट इन्डिजको सेमिफाइनल प्रवेश गर्ने झिनो सम्भावना पनि समाप्त भएको छ । चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।श्रीलंका भने एक खेलमा जित र तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट पहिल्यै बाहिरिसकेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu