Connect with us
Kapilvast Forest

बाणगंगा- ८ मा जारी तेस्रो वडा कपको उपाधि मधुवन ‘ए’ लाई

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.८ मा जारी तेस्रो वडा कपको उपाधि मधुवन ‘ए’ ले जितेको छ । मायादेवी रङ्गशालामा विहीवार भएको फाईनल खेलमा चप्परगाउँलाई मधुवन ‘ए’ उपाधि हात पारेको हो ।

 

टस जितेर पहिले व्याटिङ गरेको चप्परगाउँले निर्धारित १६ ओभरमा अलआउट हुदै ७१ रनको योगफल तयार पारेको थियो । चप्परगाउँले दिएको ७१ रनको सामान्य लक्ष्य मधुवन ‘ए’ ले दुई विकेट गुमाएर ७ ओभर अघि नै भेटाउदै आठ विकेटले सहजै पराजित गर्यो ।

 

जसमा मधुवन ‘ए’ का लागि सुरज मगरले १५ रन बनाउँदा मनिषले अविजित ३० रन बनाए ।बलिङतफ मधुवन ‘ए’ का प्रविण भण्डारीले ४ ओभरमा ४ विकेट र कृष्ण अर्यालले एक विकेट लिए । प्रविण भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu