Connect with us
Kapilvast Forest

राप्रपाको ६५ जिल्ला अधिवेशन सम्पन्न

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौं – राप्रपाले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी ११–१३ मंसिरमा काठमाडौंमा हुन लागेको पार्टी केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी राप्रपाका जिल्ला अधिवेशन धमाधम भइरहेका छन् ।

२३ कात्तिकभित्र जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने तालिका पार्टी केन्द्रीय निर्वाचन समितिले तयार पारेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । तेह्रथुम, संखुवासभालगायत केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले समाधान गरेको छ ।

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो । प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रूपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ ।

ती सदस्यले मतदान गर्न पाउँछन्, उम्मेदवार बन्न भने पाउने छैनन् । पार्टीले २६ कात्तिकभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने र सातवटै प्रदेशसभाबाट प्रदेश कार्यसमितिको निर्वाचन २८ कात्तिकमा गर्न उक्त समितिलाई निर्देशन दिएको छ । सक्रिय सदस्यको दाबीविरोध का लागि २७–२९ कात्तिकको समयसीमा तोकिएको छ ।

सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन १–३ मंसिरमा गर्ने तथा जिल्ला कार्यसमितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने कार्यसूची तय गरेको छ ।

पार्टीले महाधिवेशनको तयारीका लागि विभिन्न नौ समिति गठन गरी सम्बन्धित नेतालाई जिम्मेवारी तोकेको छ । गठन गरिएका समितिमा सामाजिक कार्यपत्र, आर्थिक कार्यपत्र र राजनीतिक कार्यपत्र तयारी समिति तथा कार्यक्रम र व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, स्वास्थ्य समिति, प्रचारप्रसार समिति, स्वागत समिति र स्वयंसेवक परिचालन समिति छन् ।

सक्रिय सदस्यको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखी सार्वजनिक गर्नुपर्नेछ भने अन्तिम नामावली ३० कात्तिकमा प्रकाशन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ ।राप्रपाले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी ११–१३ मंसिरमा काठमाडौंमा हुन लागेको पार्टी केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी राप्रपाका जिल्ला अधिवेशन धमाधम भइरहेका छन् ।

२३ कात्तिकभित्र जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने तालिका पार्टी केन्द्रीय निर्वाचन समितिले तयार पारेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

तेह्रथुम, संखुवासभालगायत केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले समाधान गरेको छ । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो ।

प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रूपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ । ती सदस्यले मतदान गर्न पाउँछन्, उम्मेदवार बन्न भने पाउने छैनन् । पार्टीले २६ कात्तिकभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने र सातवटै प्रदेशसभाबाट प्रदेश कार्यसमितिको निर्वाचन २८ कात्तिकमा गर्न उक्त समितिलाई निर्देशन दिएको छ ।

सक्रिय सदस्यको दाबीविरोध का लागि २७–२९ कात्तिकको समयसीमा तोकिएको छ । सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन १–३ मंसिरमा गर्ने तथा जिल्ला कार्यसमितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने कार्यसूची तय गरेको छ ।

पार्टीले महाधिवेशनको तयारीका लागि विभिन्न नौ समिति गठन गरी सम्बन्धित नेतालाई जिम्मेवारी तोकेको छ । गठन गरिएका समितिमा सामाजिक कार्यपत्र, आर्थिक कार्यपत्र र राजनीतिक कार्यपत्र तयारी समिति तथा कार्यक्रम र व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, स्वास्थ्य समिति, प्रचारप्रसार समिति, स्वागत समिति र स्वयंसेवक परिचालन समिति छन् ।

सक्रिय सदस्यको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखी सार्वजनिक गर्नुपर्नेछ भने अन्तिम नामावली ३० कात्तिकमा प्रकाशन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu