Connect with us
Kapilvast Forest

एमालेको पदाधिकारीका लागि महाधिवेशनसम्मै आकाङ्क्षीको टुङ्गो लाग्ने

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकोे १० औँ महाधिवेशनका लागि अध्यक्षसहित पदाधिकारीका सबैजसो पदमा आकाङ्क्षीहरू धेरै देखिएका छैनन् । चितवनको नारायणी किनारमा हुन लागेको महाधिवेशनमा अन्य विषयहरूको तयारीसकिँदै गएको नेताहरूले बताएका छन् ।

तर एमालेका नेताकार्यकर्ताले आगामी महाधिवेशनबाट कस्तो नेता नेतृत्वमा आउनुपर्छ भन्ने बारेमा भने खासै चर्चा गरेको पाइँदैन । अध्यक्ष केपी शर्मा ओली फेरि पनि अध्यक्षमा दोहोरिने सम्भावना रहेको पनि एमालेका कतिपय नेताहरूले बताएका छन् ।

अध्यक्षमा विष्णु पौडेल, इश्वर पोखरेल, भीम रावल लगाएतका केही नेताहरूको चाहनो भएपनि यी नेताहरू तत्काल अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्ने अवस्थामा छैनन् । जसका कारण अध्यक्षमा नेता ओली र अन्य पदाधिकारीमा पनि हाल कायम रहेका नेताहरूलाई नै सर्वसम्मत बनाउने छलफल भइरहेको छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले महाधिवेशनको हलमा प्रवेश गरेपछि नेतृत्वको बारेमा छलफल हुने बताउनुभयो । यसअघि पार्टी नफुट्दै माधवकुमार नेपाल अध्यक्षको प्रतिस्पर्धीको रुपमा उत्रिए पनि पार्टी फुटेसँगै एमालेमा पदाधिकारीको दावेदार सार्वजनिक रुपमा खुलिसकेका छैनन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu