Connect with us
Kapilvast Forest

टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

 

काठमाडौँ – पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले खेलमा अष्ट्रेलियालाई उत्कृष्ट पुनरागमन दिलाए ।

दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए । अर्का ओपनर तथा कप्तान आरोन फिन्च शुन्य रनमा पेविलियन फर्किएका थिए । मिचेल मार्सले २८ रन बनाए । स्टेभन स्मिथले ५, ग्लेन म्याक्सवेलले ७ रन बनाए ।

पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए । यसअघि, दुबईको अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवाल र फकर जमानले शानदार अर्धशतकीय इनिङ्स खेलेका थिए ।

रिजवानले ६७ रन बनाए । उनले ५२ बलमा ३ चौका र ४ छक्काको मदतले सो रन बनाएका हुन् । जमान ५५ रनमा नटआउट रहे । उनले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । कप्तान बाबर आजमले ३९ रनको योगदान दिए । उनले ३४ बलमा ५ चौकाको मदतले सो रन बनाए । सोएब मलिक एक, आशिफ अली शुन्य रनमा पोविलियन फर्कँदा मोहमद हाजिफ १ रनमा अविजित रहे ।

अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा एडम जाम्पा र प्याट कुमिन्सले समान १–१ विकेट लिएका थिए । प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu