Connect with us
Kapilvast Forest

सर्वोच्चको मुल गेटमा प्रत्येक दिन साढे ९ बजे भेला हुन बार अध्यक्षको आह्वान

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं- नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन मुल गेटमा धर्ना दिने भएको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबारदेखि पनि सर्वोेच्चको गेटमा धर्नालाई निरन्तरता दिन प्रत्येक दिन साढे ९ बजे भेला हुन आह्वान गरेका हुन् । सर्वोच्चको गेटमा धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो आह्वान गर्नु भएके हो ।

प्रधानन्यायाधीश जबरालाई अदालतमा प्रवेशमा रोक लगाउन बिहानदेखी कानुन ब्यवसायीहरु धर्नामा बसेसँगै जबराको पक्षमा नाराबाजी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

सर्वोच्चको मुल गेटमा प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीशहरु जबरा आज वैकल्पिक गेटबाट भित्र प्रवेश गर्नु भएके छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu