Connect with us
Kapilvast Forest

मंसिर दोस्रो साता कक्षा १२ को नतिजा आउने

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौँ– कक्षा १२ को नतिजा आगामी मंसिर दोस्रो साताभित्र आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले नतिजा सम्बन्धी काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाले मंसिर दोस्रो साताभित्र प्रकाशन गर्ने तयारी रहेको बताउनु भयो । अहिले नतिजा रुजु गर्ने, कपी जाँच गर्नेलगायतका काम एकै पटक भइरहेको उहाँले जानकारी दिनु भयो ।

बोर्डले कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ सम्म सञ्चालन गरेको थियो । परीक्षाका लागि ३ लाख ७२ हजार ३४८ जना विद्यार्थीहरुले परीक्षा आवेदन फारम भरेको बोर्डले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu