Connect with us
Kapilvast Forest

नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान 

२०७८, २८ कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौँ -आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी– २० सिरिज खेल्न कतार प्रस्थान गरेको छ। नेपालले कतारसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ। एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ।

नेपालले यसअघि बंगलादेशमा गएर एक साता तयारी गरेको थियो। बंगलादेशमा नेपालले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) खेलेको तीन टि–२० अभ्यास सिरिज २–१ ले जितेको थियो। नोभेम्बर २२ देखि २८ सम्म यूएईमा हुने टी– २० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu