Connect with us
Kapilvast Forest

नेपाली क्रिकेट समर्थक समाजको छैटौं साधारणसभा, पाल्पा उत्कृष्ट

२०७८, २८ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस ) को छैटौं वार्षिक साधारण सभा बुटवलको रुपन्देहीमा सम्पन्न भएको छ।

शनिबार बुटवलस्थित होटेल पौवामा आयोजित कार्यक्रममा विभिन्न जिल्ला र प्रदेश प्रतिनिधि हरुको सहभागीता रहेको कार्यक्रमको अतिथिद्वय अन्तर्राष्ट्रिय अम्पाएर बुद्धिबहादुर प्रधान र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले शुभकामना मन्तव्य राख्दै सस्थाले गरेको कार्यक्रमले समग्र नेपाली क्रीकेटको उचाइ मद्दत पुगेको बताए।

समर्थक समाजले हरेक वर्ष प्रदान गर्दै आइरहेको उत्कृष्ट जिल्लाको सम्मान यस बर्ष जिल्ला समन्वय समिति पाल्पाले प्राप्त गरेको छ।

केन्द्रीय कार्यसमिति र जिल्ला सम्वन्वय समितीहरुले संस्थाको वार्षिक प्रतिबेदन प्रेश गर्दै सस्थाको भाबी कार्ययोजना र प्रस्तावहरुमा साधारण सभाले आबस्यक छलफल गर्दै निर्णय गरेको थियो।

कोरोनाले प्रभावित सस्थाको नियमित गतिविधिलाई निरन्तरता दिदै थप वृद्धि गर्ने , सदस्यता वृद्धि र जिल्ला समन्वय समितिको बिस्तारमा जोड दिने , क्यान र सरोकार वालाको हरेक गतिविधि चुस्त निगरानी गर्दै प्रभावकारी प्रतिक्रिया ब्यक्त गर्ने सरोकारवाला सङ अन्तक्रिर्या लगायतका कामहरुलाइ अगाडि सारेको छ नया जिल्लामा बिस्तारीत गर्ने प्रयास स्वरुप परासी जिल्लाबाट रमेश चालिसेलाई जिल्ला प्रतिनिधिको जिम्मेवारी दिएको छ ।

 

कार्यक्रममा अध्यक्ष नारायण पराजुलीले बार्षिक प्रतिबेदन प्रस्तुत, तारा पाठकले सस्थाको गतिविधि तथा प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष अच्युत पान्डेय आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu