Connect with us
Kapilvast Forest

अग्निपीडित व्यावसायीलाई नगरपालिकाले एक लाख दुई हजार सहयोग गर्ने

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

कपिलवस्तु-
शिवराज नगरपालिकाले अग्निपीडित व्यावसायि लाई एक लाख दुई हजार सहयोग गर्ने भएको छ । बुधवार नगर स्तरीय विपत् व्यवस्थापन समितिको बैठकले दुई व्यावसायिहरुलाई ५१र५१ हजार सहयोग निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो ।

गत हप्ताको मंगलवार चन्द्रौटा फिक्स सप र ल्यापटप हस्पिटलमा आगो लाग्दा झण्डै एक करोडको क्षति भएको थियो । बैठकले बेमौसमी वर्षाले धानको क्षति भएको सङ्कलित विवरण मन्त्रालयमा पठाउने समेत निर्णय गरेको छ ।

त्यस्तै मङ्सिर ७ गते देखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएकोले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । विभिन्न खोप केन्द्र निर्धारण भएको र स्वास्थ्यकर्मीहरूलाई परिचालन गरी खोप अभियान चलाउने जनाइएको छ । विपतमा सबै नागरिकहरू सतर्क हुनुपर्ने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu