Connect with us
Kapilvast Forest

महाराजगंजमा हैजा महामारी बिरुद्ध खोप संचालन हुने ।

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

 

कपिलबस्तु

कपिलबस्तुको महाराजगंज नगरपालिकामा हैजा महामारी बिरुद्ध खोप संचालन हुने भएको । महाराजगंज नगरपालिकाको केही वडाहरुको बस्तीमा हैजाको बिरामी देखिएकोले यो कार्यक्रमको शुरुवात गरिएको हो ।स्वास्थ्य कार्यालय कपिलबस्तुको सहयोगमा मंसिर ७ गते देखी मंसिर  १२ गते सम्म संचालन हुने जानकारी दिनु भयो ।

हैजा महामारी नियन्त्रण गरि उन्मुलन गर्ने उद्देश्यका साथ यो हैजा महामारी बिरुद्ध खोप अभियान संचालन हुने महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।महाराजगंज नगरपालिका भित्र ३५ खोप केन्द्र संचालन हुने र त्यसको लागि १ जना खोप कार्यकर्ता तथा २ जना स्वायंसेवक गरी १ खोप केन्द्रमा ३ जना जनशक्ति परिचालन गर्ने संयोजक न्यौपानेले बताउनु भयो ।

हैजा महामारी बिरुद्धको (Oral Cholra Vaccine(OVC) नामक खोप मुखबाट खुवाउने खोप रहेको र १४-२८ दिनमा २ डोज दिनुपर्ने बताउनु भयो ।खोप १ बर्ष मुनिको बालबालिका र दिर्घरोगी बहेक सबै ब्यक्तिहरुलाई दिन सक्ने बताउनु भयो । महाराजगंज नगरपालिकामा हैजा महामरी बिरुद्धको खोप ५३१५६ जनालाई खुवाउने लक्ष्य लिएको स्वास्थ्य संयोजन ईश्वरी न्यौपानेले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu