Connect with us
Kapilvast Forest

नगर प्रमुख श्रेष्ठद्वारा बुद्धभुमीमा थारु संग्रालयको शिलन्यास

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

 

कपिलवस्तु – कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा थारु संग्रालयको शिलन्यास गरिएको छ । नगर प्रमुख केशव श्रेष्ठले आज एक कार्यक्रमका बीच संग्रालयको शिलन्यास गर्नुभएको हो । नगरपालिकाले आफनो १५ वर्षे गुरुयोजना अनुरुप वडा नं. ४ मा रहेको बुड्ढी तालमा थारु संग्रालय शिलन्यास गरि गुरुयोजनाको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको बुड्डीमा रहेको ६५ विगाह क्षेत्रफलमा फैलिएको तालमा पर्यटन प्रर्वद्धन र सो क्षेत्रको विकासका लागि ४ करोड ५० लाखको योजनामा नेपाल सरकार पर्यटन मन्त्रालयबाट ३ करोड १५ लाख र बुद्धभुमी नगरपालिकाले १ करोड ३५ लाख बजेट विनियोज गरि थारु संग्राहलय निर्माण, नगरपालिका देखि ताल सम्म पुग्ने वाटो, मन्दीर,गेट निर्माणका कामहरु आजैबाट सुरुवात गर्ने गरि प्रतिष्ठा रमिता जयअम्बे जेभिले ठेक्का सम्झौताको मिती देखि लागु हुने गरि १ वर्ष ६ महिनाको ठेक्का अवधी सम्पन्न गर्नु पर्ने नगरपालिका प्राबिधीग शाखा प्रमुख निकिता त्रिपाठीले जानकारी दिनु भयो ।

शिलयन्यास गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले तालै तालको नगरपालिका भएका कारणले पनि तालको संरक्ष गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्न सकियो भने नगरको समृद्धिका लागि ठुलो टेवा पुग्ने भएका कारण बिगतमा ठेक्कामा माछापालका लागि ठेक्कामा रहेको ठेक्कालाई रोकेर १५ वर्षे गुरुयोजना संचालन गर्ने उद्धेश्य रहेका ले पर्यटन मन्त्रालयबाट सो कार्यका लागि अवसर प्राप्त गरी लागत साझेदारीमा कामको सुरुवात गरिएको नगर प्रमुख श्रेष्ठले वताउनु भयो ।
तालमा संरचना निर्माण पुर्ण निर्माणको प्राबिधीग मुल्याङ्गकन गराउदा १ अर्व २१ करोडको लागतको प्राबिधीग मुल्याङ्गकन तयार भएकोले सो नगरको गौरवको योजनालाई पुर्णता दिनका लागि विभिन्न दातृ निकाय सम्म नगरले पहल गर्ने वताउदै प्रदेश सरकारबाट ४० लाख आउने र संघीय सरकारबाट पुन ५० लाख आउने सम्भावना रहेकोले पनि प्रचारका लागि मात्र नभएर दिगो योजना अनुरुप यसलाई अगाढि सारिएको नगर प्रमुख क्षेष्ठले वताउनु भयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता पवन थारुले पर्यटकीय संभावना वोकेको तालले नगरको एउटा पहिचाहन साथै आफनो वडाको विकासमा पनि तालको विकासले राम्रो टेवा पुग्ने भएकाले सोही तालमा वाहिरबाट पर्यटक आएर घुम्न ढुङ्गाको मनोरञ्जनका साथमा शान्त मनोरम वातावरणको आन्द लिनका लागि र सिंगो थारु समुदायको सँस्कृतीको जगेर्ना गर्नका लागि तालमा थारु संग्रालयको निर्माण गर्न लागिएको बताउदै तालको विचमा मन्दीर निर्माण गरिने हुदा मन्दीर सम्म पुग्नका लागि तिर्थ यात्रीले ढङ्गामा चडेर जानु पर्ने हुदा थप पर्यटक भित्राउन सकिने कुरामा पनि वडा अध्यक्ष थारुले जोड दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu