Connect with us
Kapilvast Forest

अन्तर्राष्ट्रिय बक्सिङ महासंघ अध्यक्ष नेपालमा

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं -अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आउनु भएको छ ।बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाउनु भएको छ ।

 

प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराउनु भयो ।त्यसअघि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले अध्यक्ष उमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

विमानस्थलमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उमारले हिमाल जस्तै नेपाली बक्सिङलाई पनि उचाइमा पुर्याउन सकिने बताउदै नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

बक्सिङ संघका अध्यक्ष अवालेले आईबा अध्यक्ष नेपाल आउनु गर्वको विषय भएको बताउदै नेपाली बक्सिङको अवस्था बुझ्न उहाँलाई अझ सहज हुने बताउनु भयो ।नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक कमिटीको निमन्त्रणमा नेपाल आएका अध्यक्ष उमार बिहीबार दुबइ प्रस्थान गर्ने बक्सिङ संघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu