Connect with us
Kapilvast Forest

‘ए’ डिभिजन लिग फुटबलको मुख्य प्रायाेजक कतार एअरवेज, एक लाख ५० हजार डलर दिने

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं – पर्सि मङ्सिर ३ गतेदेखि सुरु हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मुख्य प्रायोजन कतार एअरवेजले गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एअरवेजका नेपाल प्रमुख मोहम्मद इल इमानले आज हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार कतार एअरवेजले ‘ए’ डिभिजन लिग सञ्चालनका लागि एन्फालाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ । सम्झौतापछि एन्फाका अध्यक्ष शेर्पाले कतार एअरवेजसँग सम्झौता नवीकरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनुभयो । यस्तै कतार एअरवेजका नेपाल प्रमुख इमानले नेपाली फुटबलको विकासका लागि कतारले सधै सकारात्मक सहयोग गर्ने बताउनुभयो ।

लिगमा विभिन्न १४ टोली सहभागी छन् । यसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब छन् । त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब छन् ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगिताको खेलका लागि साधारणतर्फ टिकट दर एक सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यस पटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेशनमा पर्नेछन् । लिग विजेता टोलीले ७५ लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउनेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu