Connect with us
Kapilvast Forest

ए डिभिजन लिग आजदेखि

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं -सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शुक्रबारबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा गर्ने छन्। सातदोबाटो यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएको हो।

शनिबारबाट हरेक दिन दुई खेल सञ्चालन हुने छन्। फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १३ चरणमा कुल ९१ खेल हुनेछ। लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन्। ‘ए’ डिभिजन लिगमा सहभागी क्लबका प्रशिक्षक र कप्तानले आफ्नो तयारी, योजना र रणनीति बारे बिहीबार आयोजित प्रिम्याच कन्फरेन्समा जानकारी दिएका छन्।

प्रिम्याच कन्फरेन्समा बोल्दै अधिकांश क्लबका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु नै रहेको बताएका छन्। ‘ए’ डिभिजन लिगमा  साविक विजेता मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, थ्रीस्टार, संकटा, च्यासल, ब्रिगेड ब्वाइज, नेपाल पुलिस, त्रिभुवन आर्मी, फ्रेन्ड्स, जावलाखेल, एनआरटी, नेपाल एपीएफ, सातदोबाटो र हिमालय शेर्पा क्लबले प्रतिस्पर्धा गर्दै छन्। लिगको पुछारमा रहने दुई टोली रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा हुने छन्।

‘ए’ डिभिजन लिगको विजेताले ७५ लाख पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउने छन्। यसैगरी हरेक खेलका विजेताले ५० हजार र खेल बराबरी भएमा दुवै टोलीले २५÷२५ हजार रुपैयाँ पाउने छन्। ‘ए’ डिभिजन लिग फुटबललाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ। लिगका लागि कतार एयरवेजले एन्फासँग एक लाख ५० हजार अमेरिकी डलरको सम्झौता गरेको हो। कतार एयरवेजले यसअघिको लिगमा समेत मुख्य प्रायोजन गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu