Connect with us
Kapilvast Forest

अर्जेन्टिना र ब्राजिलको खेल खेलाउने दुई रेफ्रि निलम्बनमा

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

एजेन्सी-कतार विश्वकपका लागि भइरहेको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच खेला खेलाउने दुई रेफ्रि निलम्बनमा परेका छन्।दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसनले फिफा विश्वकप छनोट अन्तर्गत अर्जेन्टीना र ब्राजिलबीचको खेल खेलाउने रेफ्रि एन्ड्रेस कुन्हा र भिडियो सहायक इस्टेबन ओस्टोजिचले गम्भीर गल्ती गरेको भन्दै निलम्बन गरेको हो।

मंगलबार अर्जेन्टीनाको घरेलु मैदानमा ब्राजिलविरुद्ध खेलको पहिलो हाफमा अर्जेन्टीनाका डिफेन्डर निकोलस ओटामेन्डीले ब्राजिलका फरवार्ड राफिन्हालाई कुहिनोले अनुहारमा हानेका थिए।ओटामेन्डीको प्रहारले राफिन्हाको अनुहारमा रगत आएको थियो। उनको उपचारमा पाँच वटा टाकासमेत लगाउनु परेको थियो।

 

भिडियो सहायक ओस्टोजिचले रेफ्रि कुन्हालाई उक्त फाउलका लागि पहेलो कार्ड दिनुपर्ने सुझाव दिएका थिए। तर रेफ्रि कुन्हाले ओटामेन्डीलाई कुनै चेतावनी दिएनन्। उक्त फाउलका लागि फ्रिकिकसमेत नदिएको दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसनले जनाएको छ।

उक्त घटनापछि रेफ्रिको कमिटिले उक्त भिडियोलाई विश्लेषण गर्दै रेफ्रिहरूले कर्तव्य निर्वाहका क्रममा गम्भीरर गल्ती गरेको निष्कर्ष निकालेका थिए। सोही निष्कर्षका आधारमा दुबै जनालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो।

यसैबीच ब्राजिलियन फुटबल कन्फेडेरेसनले फुटबलको सर्वोच्च निकाय फिफालाई पत्र लेख्दै अर्जेन्टिनाका ओटामेन्डीमाथि प्रतिवन्ध लगाउनुपर्ने मागसमेत गरेको छ।उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu