Connect with us
Kapilvast Forest

बारमा छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौं-रामशाहपथस्थित नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनु भयो ।

बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला चारजना युवा बार परिसरभित्रै पसेर मुख छाडेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu