Connect with us
Kapilvast Forest

बाबा रामदेव त क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

prachanda-

 

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेव क्रान्तिकारी भएको भन्दै प्रशंसा गर्नु भएको छ ।

सुरुमा रामदेव परम्परावादी र रुढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रान्तिकारी लागेको प्रचण्डको भनाइ छ ।

 

पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भन्नु भयो ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला, अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ ।’

पूरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गरेको र आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गरेको भन्दै प्रचण्डले रामदेवको प्रशंसा गर्नु भयो ।

बिहीबार बेलुका खुमलटारस्थित निवासमा रामदेवसँगको भेटमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिमा कसरी क्रान्ति ल्याउन सकिन्छ भनेर छलफल गरेको जानकारी पनि प्रचण्डले दिनु भयो । बिहीबार बेलुकी योग गुरु रामदेव र आचार्य बालकृष्ण खुमलटारस्थित निवासमा पुगेर प्रचण्डलाई भेट्नु भएको थियो ।

आस्था र पतन्जली टेलिभिजन उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन भन्दै रामदेव र आचार्य बालकृष्ण नेपाल आउनु भएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu