Connect with us
Kapilvast Forest

महाधिवेशनमा एमालेले दियो प्रधानमन्त्री देउवालाई निम्तो

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमालेले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको १० औं महाधिवेशनमा आमन्त्रण गरेको छ । एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो दिनु भएको हो ।

 

एमालेको निम्तो स्वीकार गर्दै देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताउनु भएको छ । देउवाले महाधिवेशनका लागि शुभकामना दिएको नेम्वाङले बताउनु भयो ।तपाईहरुलाई महाधिवेशनका लागि शुभकामना छ । तपाईंहरूको महाधिवेशनमा म आइहाल्छु नि । म नआएर हुन्छ देउवाले भन्नु भएको थियो । एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदै छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu