Connect with us
Kapilvast Forest

आज नेपाली कांग्रेस कपिलवस्तुको प्रदेश सभा निर्वाचन क्षेत्रको निर्वाचन

२०७८, ४ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तुले आज जिल्लाका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रको नेतृत्व चयन गर्न लागेको छ । शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको थियो । आज विहान ९ बजेदेखि साँझ ३ बजेसम्म निर्वाचन कार्यतालिका तोकिएको जिल्लाका निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयो ।

६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लाको प्रतिनिधिसभा ३ को ‘ख’ मा मुक्तेश्वर मिश्रा सर्वसम्मत प्रदेश निर्वाचन क्षेत्रको सभापति बन्नुभएको छ ।भने अन्यक्षेत्रमा भने आज निर्वाचन हुने देखिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र अन्तरगत प्रतिनिधिसभा १ को ‘क’ मा सभापति पदको लागि दुर्गा केसी र मंगल प्रसाद थारुले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रदेश सभा ‘ख’ मा बलीउद्धिन मुसलमान र प्रमेश्वर पाठकले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रतिनिधिसभा २ अन्तर्गत प्रदेश सभा ‘क’ मा रावेन्द्र सिंह र चन्द्रराम यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।यता प्रदेश सभा ‘ख’ मा गिरिजेश पाण्डेय र प्रकाश गैरेले सभापतिको लागि उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

प्रतिनिभिसभा ३ अन्तरगत प्रदेश सभा ‘क’ मा गोविन्द केसी र देवबहादुर भारती बीच सभापतिका लागि उम्मेद्वारी परेको छ ।भने तिनिधिसभा ३ को ‘ख’ मा मुक्तेश्वर मिश्रा सर्वसम्मत प्रदेश निर्वाचन क्षेत्रको सभापति बन्नुभएको छ सभापति शेर बहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पक्ष बीच कडा प्रतिस्पर्धा देखिएको जिल्लामा यसभन्दा अगाडि सम्पन्न १० वटै स्थानीय गाउँ तथा पालिका अधिवेशनमा चुनावबाट नेतृत्व छनौटले प्रष्ट पारेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu