Connect with us
Kapilvast Forest

कांग्रेस महाधिवेशन प्रतिनिधिमा बरावर मत गोलाप्रथा गर्दा २१ वर्षीया पूजा विजयी

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

साेलुखुम्बु – सोलुखुम्बुमा नेपाली कांग्रेसकाे केन्द्रीय महाधिवेशनका लागि २१ वर्षीया पूजा फुयाँल महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । आज आइतवार गोलाप्रथामार्फत सोलुखुम्बुको नेचासल्यानकी २१ वर्षीया फुयाँल महाधिवेशन प्रतिनिधि छनाेट हुनुभएको हो ।

महिला (खस/आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँलको ४०३/४०३ समान मत आएकाले गोलाप्रथा गर्दा फुयाँल विजयी भन्नुभएको हो ।

नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा फुयाँल निर्वाचित हुनुभएको थियो ।

फुयाँल जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्यसमेत हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu