Connect with us
Kapilvast Forest

केही साथीहरू गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडेका छन् : प्रचण्ड

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

prachanda-

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन् । तर आफूलाई पुरस्कार नचाहिने भनिदिएको प्रचण्डले बताउनु भएको छ ।

चितवनमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले भन्नु भयो ‘केही देशभित्रका साथीहरूले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भनेर हिंडेका छन् । मैले भनेको छु अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन हिंड्नेहरूलाई धन्यवाद, मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिएको छैन ।’

 

तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । त्यसपछि माओवादी १० वर्षे सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पुरस्कार नचाहिने बताउँदै भन्नु भयो , ‘शान्तिप्रक्रिया सम्पूर्ण रुपले टुंगिनुपर्यो । यो देश समाजवादतिर लाग्नुपर्‍यो । त्यो ठूलो कुरा हो, पुरस्कार ठूलो कुरा होइन भनेको छु ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu