Connect with us
Kapilvast Forest

बेपत्ता पसल संचालक पौडेलको खोजि गर्न चन्द्रौटा उध्योग वाणिज्य संघको आग्रह

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु-विगत चार दिन देखि बेपत्तारहेका कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ निवासी पौडेल किराना पसल सप्लायर्सका संचालक ३३ वर्षीय विक्रम पौडेलको यथा सिघ्र खोजिकार्यमा लाग्न चन्द्रौटा उध्योग वाणिज्य संघ ले सबै पक्षलाई आग्रह गरेको छ ।

युवा ब्यवसायि पौडेल लामोसमय सम्म पनि फेला नपरेपछि चन्द्रौटा उध्योग वाणिज्य संघका अध्यक्ष जम्सेर अलिमियाँले सोमवार विहान एक प्रेस विज्ञप्ति जारी गर्दै खोजी कार्यमा परिचालित हुन सबैमा अपिल गर्नु भएको छ ।
वेपत्ता पौडेलको जति सक्दो छिटो सत्यतत्य बाहिर ल्याउन पुलिस प्रशासनलाई आग्रह गरेको छ ।

बेपत्ता पौडेलले सवार गरेको मोटरसाइकल शनिवार बिहान बुद्धभूमी ९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । मोटरसाइकल फेला परेपछि उनको खोजतलास गर्दा आइतबार बिहान मोबाइल पनि बेल नदिनै भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शङ्कर आचार्यले बताउनुभयो । स्थानीय तथा प्रहरीले बेपत्ता युवकको खोजी कार्य गरिरहेको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu