Connect with us
Kapilvast Forest

हैजा प्रभावित कपिलवस्तुमा खोप,स्थानियद्वारा सुरक्षित महसुस

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

 

 

कपिलवस्तु – हैजा प्रभावित कपिलवस्तु जिल्लाका लागि आएको खोप लगाएपछि स्थानीय जनताले सुरक्षित भएको महसुस गरेका छन् । आइतबारदेखि जिल्लाको यशोधरा गाउँपालिकाबाट ‘ओरल कोलेरा भ्याक्सिन’ खुवाउन सुरु भएको छ ।

मंसिर १० गतेसम्म एक वर्षदेखि माथिको उमेर समूहका सबै नागरिकलाई भ्याक्सिन खुवाउने लक्ष्य राखिएको यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बताउनुभयो ।

अभियानलाई सफल बनाई जनताको स्वास्थ्य सुरक्षा गर्न नेपाल सरकार विश्व स्वास्थ्य संगठन, युनिसेफ ग्लोवल एलाईन्स फर भ्याक्सिन (गाभि) ले गरेको सहयोगप्रति कपिलवस्तुका जनता खुसी छन् । भ्याक्सिन प्रयोग गरेपछि हैजा प्रभावित क्षेत्रका जनता पाँच वर्षका लागि सुरक्षित भएका छन्’ बैदौली आधारभूत अस्पतालका स्वास्थ्यकर्मी हरि श्रेष्ठले बताउनुभयो ।

अभियानको पहिलो दिन ३ हजार ७ सय १३ जनाले खोप लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज (सोमबार) २५ खोप केन्द्रबाट भ्याक्सिन खुवाउने काम सञ्चालनमा रहेको छ । भ्याक्सिनको स्वाद नुनिलो रहेको र खाएपछि गाह्रो नभएको खोप लिएका एक बालिकाले बताउनुभयो ।

एउटा भाइल खोपको मूल्य करिब ५ डलर परेको बताइएको छ । यहाँ देखिएको हैजाको जीवाणुको प्रजाति (कोलेरा ०१) ले कसैको शरीरमा लक्षण देखाउने र कसैलाई लक्षण नदेखाउने प्रकृतिको भएको र तीव्र रुपले फैलिन सक्ने भएको कारणले निकै खतरापूर्ण मानिने ईपिडिमोलोजी तथा महामारी नियन्त्रण महाशाखाका प्रमुख डा. अमृत पोख्रेलले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu