Connect with us
Kapilvast Forest

बेपत्ता पौडेलको खोजीमा भोलिदेखि कुकुर परिचालन गर्ने

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

कपिलवस्तु-चार दिन देखि बेपत्ता रेहेका कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ निवासि विक्रम पौडेलको खोजिकार्य गर्न कुकुर परिचालन गर्ने भएको छ । शिवराज ५का ३३ वर्षिय युवा पौडेलको हाल सम्म पनि स्थिति अज्ञात छ । लगातार ४ दिन देखि प्रहरी प्रशासन ,स्थानिय लगायतले खोजि कार्य गर्दा पनि नभेटिए पछि भोलिदेखि बेपत्ता पौडेलको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरेर खोजिकार्य अगाडि बढाउने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

कर्णालि प्रदेश प्रहरी मातहत रहेको एउटा तालिमप्राप्त कुकुरसहित भोलि (मंगलबार) देखि प्रहरी खोजीकाममा जुट्ने तयारी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शङ्कर आचार्यले जानकारी दिनु भयो ।चार दिन बित्दा समेत उहाँ नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालनमा लाग्ने तयारी भएको उहाँले बताउनु भयो ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता पौडेलको खोजपडताल जारी राखेको छ । बेपत्ता पौडेलले सवार गरेको मोटरसाइकल शनिवार बिहान बुद्धभूमी ९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । मोटरसाइकल फेला परेपछि उहाँको खोजतलास गर्दा आइतबार बिहान मोबाइल पनि बेल नदिनै भेटिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu