Connect with us
Kapilvast Forest

नगदसहित छ जुवाडे पक्राउ

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं – दमकबाट प्रहरीले छ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।दमक नगरपालिका २ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीसहित छ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

पक्राउ पर्नेमा पूर्णप्रसाद शिवाकोटी, विनोद श्रेष्ठ, दिल वहादुर श्रेष्ठ, सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका९६ का दुर्गाबहादुर राई रहेका छन्।

आइतबार अपराह्न ४ बजे उनीहरूलाई ३ बुङ तास र नगद १ लाख २० हजार ५०० सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu