Connect with us
Kapilvast Forest

एमाले महाधिवेशन : कुन पदमा कति निर्वाचित हुन्छन् ?

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १५ पदाधिकारीसहित २२५ जना निर्वाचित हुने भएका छन्। समावेशी र खुला क्षेत्रबाट १६४ जना, भौगोलिक क्षेत्रबाट ४६ र पदाधिकारीमा १५ जना १० औं महाधिवेशनबाट चुनिनेछन्।

अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ र ७ सचिव गरी १५ पदाधिकारी निर्वाचित हुनेछन्। भौगोलिक क्षेत्रबाट ३० खुला र १६ महिला गरी ४७ निर्वाचित हुने व्यवस्था गरिएको छ । सातवटै प्रदेशबाट चार/चार खुला र दुई/दुई महिला निर्वाचित हुनेछन्। उपत्यका विशेष र सम्पर्क समन्वयबाट एक/एक खुला र एक/एक महिला निर्वाचित हुनेछन्।

समावेशी र खुला क्षेत्रबाट १०५ खुला र ५९ महिला आउने छन्। जसमा आदिवासी जनजातिबाट १५ खुला र ७ महिला २२ जना, मधेशीमा ११ खुला र ५ महिला गरी १६ जना, दलितमा ७ खुला र ३ महिला गरी १० जना, थारुमा ४ खुला र २ महिला चुनिनेछन्। त्यस्तै मुस्लिम ३ खुला र १ महिला गरी ४, श्रमिक ३ खुला र २ महिला गरी ५ जना, पीछडिएको क्षेत्रबाट २ खुला र १ महिला गरी ३ निर्वाचित हुनेछन्। समावेशीतर्फ कूल ४५ खुला र २१ महिला गरी ६६ जना चुनिनेछन्। खुला क्षेत्रमा ९८ जनाको लागि निर्वाचन हुनेछ। जसमा ६० पुरुष र ३८ महिला हुनेछन्।

त्यसैगरी केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको लागि एक/एक जना अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यमा सात/सात खुला र पाँच/पाँच महिलाको निर्वाचित हुनेछन्।

अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १२ को केन्द्रीय कमिटीको चौथो बैठकको निर्णय अनुरुप महाधिवेशनाट केन्द्रीय कमिटी र केन्द्रीय निकायका पदाधिकारी सदस्यको निर्वाचनको लागि यस्तो प्रबन्ध गर्न सिफारिस गरेका थिए।

एमालेको महाधिवशेन यही मंसिर १० देखि १२ सम्म चितवन हुँदैछ। पाँच प्रतिशत प्रतिनिधि मनोनयनका लागि सोमबार बस्ने भनिएको बैठक मंगलबार सरेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामागंले जानकारी दिए। अन्य प्रतिनिधि भने सर्वसम्मतरुपमा चयन भइसकेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu