Connect with us
Kapilvast Forest

वीरगञ्जमा राति १० बजेपछि चर्को आवाजमा बाजा बजाउन नपाइने

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

birgung

पर्सा – वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउन नपाइने भएकाे छ । ध्वनी प्रदूषण नियन्त्रण गर्न यस्ताे नियम ल्याइएकाे महानगरपालिकाले जनाएकाे छ ।

विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा त्यस्ताे नृत्यमा रोक लगाइएको हो ।

यसैगरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होेटल वीपीपार्क, माइस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो ।

यसैगरी, वीरगञ्जमा गाडी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र गाडी पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu