Connect with us
Kapilvast Forest

सहमतिका लागि आग्रह गर्दिनँ, चुनाव जितेर आउनुपर्छ:ओली

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताउनु भएको छ ।

मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको हुने भएकाले केही नबोल्ने उहाँले बताउनु भयो ।

 

मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले भन्नु भयो भरसक कर लगाएर उठिदिनुस् भन्न परोस्, कामको मूल्यांकनका आधारमा तपाईं बसिदिनुस् भन्न परोस्, भएन भने चुनाव हुनु राम्रो ।’

उहाँले अघि भन्नु भयो , ‘सहमतिका लागि दबाब दिन्नँ, लोकतन्त्र हो भनेर उकास्नुपर्छ भन्ने नीति पनि लिन्नँ ।’

पृष्ठभूमि जे भए पनि अहिले एमालेमा एउटै पक्ष मात्र रहेको समेत ओलीले बताउनु भयो । ‘त्यसकारण यो पक्ष, त्यो पक्षको व्यवस्थापन भन्ने छैन । चुनाव लडेर भोट ल्याउनुपर्छ, त्यही हो व्यवस्थापन’ उहाँले भन्नु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu