Connect with us
Kapilvast Forest

शिवराजमा कांग्रेसको प्रशिक्षण कार्यक्रम

२०८१, २५ बैशाख मंगलवारमा प्रकाशित

वैशाख २५ कपिलवस्तु
नेपाली काँग्रेस शिवराजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिकाको चन्द्रौटामा प्रदेश सभापति अमर सिंह पुनले प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नुभएको छ । नेपाली कांग्रेस लुम्विनी प्रदेशको अभियान अन्तरगर्त चन्द्रौटामा एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सभापति पुनले वताउनुभयो । प्रदेशका १२ ओटा जिल्लाका विभिन्न क्षेत्रमा पुगेर वडा सभापति , वडा सचिव र नगर समितिमा आवद्ध अगुवा कार्यकतालाई प्रशिक्षण दिएको नेपाली कांग्रेस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आर्चायले वताउनुभएको छ । महामन्त्री आर्चायले संगठनलाई एकतावद्ध र क्रियाशिल वनाउन प्रशिक्षणले टेवा पुग्ने विश्वास व्यतm गर्नुभयो । कार्यक्रमा शिवराज नगरपालिका भित्र विभिन्न तहमा क्रियाशिल संयौ अगुवा कार्यकर्ताको उपस्थीती रहेको नेपाली कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खनालले वताउनुभएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा समेत अभियान संचालन गरिने उपसभापति खनालले वताउनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेस लुम्विनीका उपसभापति भुवन कुमार श्रेष्ठको संयोजकत्वमा रहेको प्रशिक्षण विभागका सदस्यहरुले प्रशिक्षण दिएको नेपाली कांग्रेस निर्वाचन क्षेत्र न ३ एकका सभापति गोविन्द केशिले जानकारी दिनुभएको छ । कार्यक्रम नगर सभापति मधुसुदन पोख्रेलको सभापतित्व , उपसभापति करम हुसेनको स्वागत र सचिव विष्णु पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu