Connect with us
Kapilvast Forest

जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरा ।

धनगढी – नेपाली का‌ंग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बोहरा पराजित भएका निर्वाचन समितिले जनाएको छ ।

उहाँ पूर्व मन्त्री रमेश लेखक निकट मानिनुहुन्छ । महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेसँगै जिल्ला सभापतिमा पुनः दोहोरिने बोहराको आकांक्षामा धक्का लागेको छ । विधानअनुसार अब उनी जिल्ला सभापतिमा उम्मेदवारी दिन पाउने छैनन् । महधिवेशन प्रतिनिधिमा बोहरा हारेपनि एनपी साउद निकट मानिने बहादुरसिंह थापा भने विजयी हुनु भएको छ ।

 

यस्तै जिल्ला उपसभापति र सचिवले पनि महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोर्नु भएको छ । प्रचारप्रसार विभागका प्रमुख चक्रबहादुर महताकाअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उपसभापति बन्धु राना र क्षेत्र नम्बर ३ बाट सचिव ईश्वरी जोशी पराजित हुनु भएको छ । जोशी नेता रमेश लेखकका प्रमुख स्वकीय सचिव पनि हुनुन्छ ।

तीनवटै निर्वाचन क्षेत्रमा महाधिवेशन सम्पन्न

नेपाली कांग्रेसले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा महाधिवेशन सम्पन्न गरेको छ । मत परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा एनपी साउँद र क्षेत्र नम्बर ३ मा रमेश लेखक निकटका उम्मेदवार प्यानलसहित विजयी हुनु भएको छ ।

कांग्रेस कञ्चनपुरको प्रचारप्रसार विभागका प्रमुख चक्रबहादुर महताका अनुसार क्षेत्र नम्बर १ मा हरि चन्दलाई पराजित गर्दै गोपी उपाध्याय सभापतिमा निर्वाचित हुनु भएको छ । क्षेत्र नम्बर २ मा नवराज जोशीलाई पराजित गरेर लालबहादुर सिंह सभाभापति निर्वाचित हुनु भएको छ । उहाँहरु दुबै एनपी साउद निकट हुनुन्छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा गणेश नेगीलाई पराजित गरेर केशब चन्द प्यानलसहित सभापतिमा निर्वाचित हुनु भएको छ । उहाँ नेता लेखक निकट हुनुन्छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका नेता लेखक र साउदबीच जिल्लामा भने महाधिवेशनमा कडा प्रतिस्पर्धा भएको थियो ।

क्षेत्र नम्बर १ मा भने नेता दिवानसिंह विष्टले साउदलाई साथ दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu