Connect with us
Kapilvast Forest

शिवराजमा आज ११ हजार बढिलाई हैजा विरुद्धको खोप खुवाईयो

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तुको शिवराज नगरपालिकामा आज देखि हैजा विरुद्धको खोप अभियान शुभारम्भ गरिएको छ । शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीलाई खुवाएर खोपको शुभारम्भ गरिएको हो ।
नगरमा   अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै  नगर प्रमुख नेत्रराज अधिकारीले हैजाको प्रकोपलाई रोकथाम गर्न हैजाविरुद्धको खोपको साथ साथै सरसरफाईमा पनि ध्यान दिन आबश्यक रहेको बताउनु भयो ।साथै उहाँले एक वर्षभन्दा माथिका व्यक्तिहरुले अनिवार्यरुपमा हैजाविरुद्दको खोप खानको लागि अपिल समेत गर्नु भयो ।

शिवराज नगरपालिकामा हैजा नियन्त्रणका लागि दिइएको खोपको पहिलो दिन आज ११ हजार ८ सय ७१ जनालाई खोप खुवाइएको शिवराज नगरालिका स्वास्थ्य शाखा प्रमुख चुराणि भट्टराईले जानकारी दिनु भयो ।हैजा नियन्त्रणको लागि शिवराजका ११ वटै वडा बाट आज ४३ वटा खोप केन्द्रबाट सेवा प्रदान गरीएको उहाँले बताउनु भयो ।

खोप अभियान सफल पार्न १२०जना स्वयसेविका,८८ जना स्वास्थ्यकमि र रेडक्रसको १० जना वढिको टिम हैजा विरुद्धको खोपको सेवा प्रदान गर्न परिचालित भएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिनु भयो ।खोप अभियान आज देखि मंसिर १२ गते सम्म संचालन हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu