Connect with us
Kapilvast Forest

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम खुला

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं- कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम खुला गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरेको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम भर्नुपर्ने छ।

त्यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्ने छ।

सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना बमोजिम भर्नाका आधारलाई पालना गरी रजिष्ट्रेशन आवेदन फाराम भर्नुपर्नेछ। रजिष्ट्रेशन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको माध्यमिक शिक्षा परीक्षा(एसइई) कक्षा १० को ग्रेडसिटको प्रतिलिपी संलग्न गर्नुपर्नेछ। रजिष्ट्रेशन आवेदन फारम बापत बोर्डमा बुझाउनुपर्ने रकम २०७८ पौष २१ गतेसम्म विलम्ब शुल्करहित (प्रति विद्यार्थी चार सय रुपैँया) बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरुको हकमा २०७८ पौष मसान्तभित्र विलम्ब शुल्कसहित (प्रति विद्यार्थी आठ सय रुपैंया) का दरले हुन आउने रकम दाखिला गरी मिति २०७८ माघ ७ गतेभित्र सम्बन्धित विद्यालयहरुले बैंक भौचर र रजिष्ट्रेशन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्ने छ।’

कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह, विषय कोड अनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्नेगरी फारम भर्ने व्यवस्था मिलाउनुपर्ने बोर्डले जनाएको छ। अतिरिक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले समेत अनिवार्य रुपमा आफूले अध्ययन गर्न चाहेको विषय रजिष्ट्रेशन फारममा उल्लेख गर्नुपर्ने छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu