Connect with us
Kapilvast Forest

विद्यार्थी संगठनसंग क्याम्पस प्रशासनको ६ बुँदे सहमति पछि क्याम्पसको ताला खुल्यो

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

कपिलवस्तु -गएको मंसीर ५ गते लिखित माग सम्बोधन नभएको भन्दै कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा विद्यार्थी संगठनले लगाएको ताला खुलाइएको छ ।मंगलबार क्याम्पसमा बसेको क्याम्पस प्रशासन र क्रियाशिल तीन विद्यार्थी संगठन बीचको छलफल पश्चात ताला खुलाइएको हो ।

क्रियाशिल विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) बीच क्याम्पस प्रशासनले लिखित ६ बुँदे सहमति गरेपछि क्याम्पस प्रशासनमा लगाइएको ताला खुलाइएको एकीकृत समाजवादी निकट अनेरास्ववियूका कपिलवस्तु अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो ।

गएको कार्तिक ७ गते विभिन्न ६ बुँदे माग राखेर क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाइएको र उक्त ज्ञापनपत्र उपर कार्तिक ११ गते सामूहिक छलफल गरी पुनः दोस्रो चरणको वार्ता कार्तिक मसान्त भित्र बस्ने गरी भएको एक बुँदे सहमति कार्यान्वयन नभएपछि क्याम्पसमा ताला लगाइएको अध्यक्ष अनुरागीले जनाउनुभयो । यद्यपि मंगलबार बसेको संयुक्त छलफलबाट आफुहरुका माग सम्बोधन गर्ने प्रशासनले लिखित सहमति गरेपछि ताला खुलाइएको उहाँले बताउनुभयो ।

विद्यार्थी संगठन समक्ष क्याम्पस प्रशासनले कोरोना भाइरस प्रभावका समयमा स्नातक तहका कक्षा सञ्चालन भएको सन्दर्भमा सो अवधिको शूल्क विद्यार्थीसंग नलिने तथा विद्यार्थी माथि पर्न गएको शुल्कभार कम गर्न क्याम्पसलाई सञ्चालन खर्च उपलब्ध गराउन वाणगंगा नगरपालिका समक्ष संयुक्त अनुरोध गर्न निर्णय गरेको छ ।

यस्तै छात्रबृत्ति प्रदान गर्दा छात्रबृत्ति निर्देशिका पूर्ण पालना गर्ने, प्रध्यापक कर्मचारी नियुक्त गर्दा राष्ट्रिय पत्रिकामा विज्ञापन गरी स्वच्छ प्रतिस्पर्धाका आधारमा गर्ने, विधान बमोजिम क्याम्पस सञ्चालक समिति गठन प्रक्रियालाई पूर्णता दिने, राजनीतिक विचारका आधारमा प्राध्यापक कर्मचारीले केही कसै प्रति पूर्वाग्रह नराखी व्यवहार गर्ने र जिल्लाका पब्लिक क्याम्पसको शूल्कमा एकरुपता कायम गर्न जिल्लाका विद्यार्थी संगठन र पब्लिक क्याम्पस संघ बीच बैठक बस्ने क्याम्पस प्रशासनले विद्यार्थी संगठन समक्ष लिखित सहमति गरेको छ ।

विद्यार्थीका जायज मागलाई सम्बोध गर्न क्याम्पस प्रशासन सकारात्मक देखिएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताउनुभयो ।

गरेका सम्झौता पूरा गर्न निरन्तर दबाद दिने भन्दै अब क्याम्पस नमुना बनाउने सन्दर्भमा सबैको साथ र सहयोग रहने अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला अध्यक्ष हरिशचन्द्र खनालले जनाउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu