Connect with us
Kapilvast Forest

पत्रकार शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा लड्ने

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं-नेपाल प्रेस युनियनको महासचिव अजयबाबु शिवाकोटीले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । पत्रकार शिवाकोटीले सक्रिय पत्रकारिता जीवनलाई विश्राम दिँदै पार्टी राजनीतिलाई अगाडि बढाउन चाहेको बताउनु भएको छ ।

 

केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएपछि सक्रिय पत्रकारिता र प्रेस राजनीतिमा नफर्कने शिवाकोटीले बताउनु भयो । हाम्रा कुरा डटकमको संस्थापक प्रधान सम्पादक रहेका शिवाकोटीले सञ्चार उद्यमीका रुपमा भने सक्रिय रहने बताउनु भएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित समाचार ‘ब्रेक’ गरेपछि पत्रकार शिवाकोटी चर्चामा आउनु भएको थियो । उक्त घटानापछि आफूप्रति काँग्रेस नेता कार्यकर्ता सदभाव बढेको भन्दै केन्द्रीय सदस्य जित्ने दाबीसमेत गर्नु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu