Connect with us
Kapilvast Forest

कांग्रेस महाधिवेशन : प्युठानमा गोलि चल्यो, प्रहरी सहित ७ जना घाईते

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

प्युठान- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो।

मतपरिणममा असन्तुष्टि जनाउँदै युवाहरुले गरिरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरी बीच झड्प भएको हो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्रहार गरेको खबर छ । झडपका क्रममा प्रहरी सहित ७ जना घाईते भएका छन। घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।
देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आक्रमण भएको थियो। आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ।
झण्डै दुई घन्टा अघि देखिको तनाब अझै साम्य भएको छैन। निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल सभापतीका उम्मेद्धार रहेका छन। भने पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन। यो समाचार तयार पार्दा सम्म जिल्ला सभापती पदका लागि खसेकोकुल १०६५ मत मध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। अब जम्मा ६५ मत गणना हुन बाँकी छ। गिरि पक्षका विजयी घोषणा गरि खुशी मनाईरहेका छन भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन ।
घटनाको बिस्तृत बिबरण आउन बांकी छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu