Connect with us
Kapilvast Forest

बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

file death

 

काठमाडौं – गोरखामा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ। आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए। शनिबार दिउँसो कुटपिटबाट घाइते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेको छ। पक्राउ परेका दुवैविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu