Connect with us
Kapilvast Forest

कांग्रेस कार्यकर्ताद्वारा क्याम्पस तोडफोड

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

 

प्युठान — नेपाली कांग्रेसका कार्यकर्ताले मंगलबार राती स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठानमा तोडफोड गरेका छन् ।
कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत जिल्‍ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला देउवा पक्षका कार्यकर्ताले क्याम्पस भवनमा तोडफोड गरेका हुन।

क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काका अनुसार क्याम्पस भवनमा तोड्फोड हुँदा भौतिक संरचनामा ठूलो क्षती पुगेको छ । बुधबार बिहान बिज्ञप्ती जारी गर्दै क्याम्पस संचालक समिती र क्याम्पस परिवारले तोडफोडको घटनाप्रती गंभीर द्यानकर्षण भएको जनाएका छन । क्याम्पस प्रमुख खड्काद्वारा हस्ताक्षरित बिज्ञप्तीमा क्याम्पसमा भएको क्षतिको सम्बन्धित पक्ष जिम्मेवार हुने उल्लेख गरिएको छ ।’ बिज्ञप्तीमा भनिएको छ, ‘यस्तो प्रकारको निन्दनीय घटनाप्रति क्याम्पसको तर्फबाट खेद प्रकट गर्दछौ र यस घटनाबाट हुन गएको क्षतिपुर्तिको लागि सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउदछौ ।’

बरिष्ट्र नेता पौडेल – सिटौला समुहका उम्मेद्वारको जित हुने निश्चित भएपछि देउवा पक्षका युवाहरुले हुलहुज्जत गरेको स्थानीयले बताएका छन् ।सो क्रममा प्रहरी र युवाहरु बिच केही बेर झडप समेत भएको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली र सात सेल अश्रुग्यास प्रहार समेत गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । झडपका क्रममा दुवैतर्फ गरि दर्जन युवा घाईते भएका छन। उनिहरुको प्युठान र बुट्वलका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu