Connect with us
Kapilvast Forest

तौलिहवामा नेकपा (एस) कपिलवस्तुको कार्यालय स्थापना

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

 

कपिलवस्तु-

को सदरमुकाम तौलिहवामा नेकपा (एकीकृत समाजवादी) ले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरी कम्युनिष्ट आन्दोलनको पुर्नगठन अभियानलाई लिएर जन्मिएको नेकपा (एस) कपिलवस्तुले तौलिहवाको भिक्षु चोकस्थित पार्टी कार्यालय स्थापना गरेको हो ।

पार्टी कार्यालय औपचारिक रुपमा उद्घाटन नभएपनि तौलिहवामा कार्यालय स्थापना गरिएको छ । अबका केही दिनमा कार्यालय व्यवस्थापनको काम सकाएर औपचारिक रुपमा कार्यालय खुल्ने नेकपा (एस) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

मंसिर १५ देखि कार्यालय सचिव नियुक्त गरेर पार्टी काम व्यवस्थित रुपमा सञ्चालन हुने जिल्ला इन्चार्ज क्षेत्रीले बताउनुभयो ।पछिल्लो समय एकीकृत समाजवादीले जिल्लामा संगठन विस्तारलाई तिव्र पारेको छ । १० स्थानीय तह रहेको जिल्लामा समाजवादीले कृष्णनगर नगर कमिटी, शिवराज नगर कमिटी, वाणगंगा नगर कमिटी, कपिलवस्तु नगर कमिटी गठन गरिसकेको छ । अबको मंसीर २० भित्र सबै स्थानीय पालिका कमिटी गठन गर्ने पार्टीले जनाएको छ । युवा संघ नेपाल, अनेरास्ववियू, पिपुल भोलेन्टियर्सको जिल्ला कमिटी पनि घोषणा भैसकेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu